Logo
|
Wednesday 24th April 2024
Logo

epaper

देशभर १३२५ जनामा कोरोना पुष्टि, ९६६ निको भए, थप १० जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौं । मुलुकमा आइतबार १ हजार ३२५  जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । यो सँगै मुलकुमा संक्रमितहरुको संख्या ६४ हजार १२२ पुगेको छ।

यसैगरी आज थप १० जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै कोरोनाले ज्यान  गुमाउनेको संख्या ४११ पुगेको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा  ९६६  जना डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या ४६,२३३ पुगेको छ । यो कुल संक्रमितको ७१.१ प्रतिशत हो ।

हाल मुलुकभर सक्रिय संक्रमितहरुको संख्या १७,४७८ रहेको छ । हाल ९०७१ जना संस्थागत आइसोलेसनमा छन् । त्यस्तै ८४०७ जना होम आइसोलेसनमा छन्। हाल ७४५१ जना क्वारेन्टाइनमा छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ९५८४ जनाको पिसिआर गरिएको छ । हालसम्म पिसिआर परीक्षणको संख्या ९ लाख १४ हजार २९० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्