Logo
|
Friday 29th March 2024
Logo

epaper

काठमाडौं उपत्यकामा ७६७ जना कोरोना सङ्क्रमित थपिए



जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ७६७ जना कोरोना सङ्क्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार आज काठमाडौंमा ६०२ जनामा, भक्तपुरमा १०१ जनामा र ललितपुरमा ६४ जनामा कोरोना सङ्क्रमण देखिएको हो।

यसैगरी आज थप १० जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै कोरोनाले ज्यान  गुमाउनेको संख्या ४११ पुगेको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा १,४४७ जना डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या ४६,२३३ पुगेको छ । यो कुल संक्रमितको ७१.१ प्रतिशत हो ।

प्रतिक्रिया दिनुहोस्