Logo
|
Friday 26th April 2024
Logo

epaper

पछिल्लो २४ घण्टामा थप ११५४ जनामा संक्रमण पुष्टि, १६ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ६५ हजार २७६ पुगेको छ ।

देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा ९ हजार ५३३ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । हालसम्म ९ लाख २३ हजार ८२३ जनाको पीसीआर गरिएको छ ।

हालसम्म ४७ हजार २३८ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएको प्रवक्ता गौतमले बताउनुभयो । पछिल्लो २४ घण्टामा १००५ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर १७ हजार ६११ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

हाल ७ हजार ४०३ जना सङ्क्रमित क्वारेन्टिनमा रहेका छन् ।  कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा  थप १६ जनाको मृत्यु भएको  छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्