Logo
|
Friday 29th March 2024
Logo

epaper

काठमाडौं उपत्यकामा थप ६ सय ७४ जनामा कोरोना संक्रमण



जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६७४ जना कोरोना संक्रमित थपिएका छन् ।  मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै ५३८ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसैगरी भक्तपुरमा ७४ र ललितपुरमा ६२ जनामा संक्रमण पुष्‍टि भएको छ ।

यस्तै काठमाडौं र भक्तपुरका दुई-दुईजना पुरुष तथा ललितपुरका एक पुरुष र एक महिलाको संक्रमणका कारण ज्यान गएको छ । यसरी पछिल्लो २४ घण्टामा उपत्यकाका ६ जनासहित १६ जनाको मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ४२७ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कुल ११५४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्