Logo
|
Friday 26th April 2024
Logo

epaper

२२ दिनको अस्पताल बसाईपछि कोरोना संक्रमणमुक्त भए डा. रिजाल दम्पती



जनस्वास्थ्य सरोकार, काठमाडौं । वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. भोला रिजाल‍ र उहाँकी धर्मपत्नी सरला रिजाल कोरोना संक्रमणमुक्त हुनुभएको छ ।

डा. रिजालले आफूहरु २२ दिनको अस्पताल बसाईपछि सोमबार डिस्चार्ज भएको जानकारी दिनुभयो । उहाँले उपचारमा संलग्न अस्पतालका डाक्टर, नर्स तथा अन्य कर्मचारीहरुलाई धन्यवाद दिनुभएको छ ।

गत भदौ १३ गते संक्रमण पुष्टि भएपछि रिजाल दम्पती भदौ १४ गते ह्याम्स अस्पतालमा भर्ना हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्