Logo
|
Saturday 20th April 2024
Logo

epaper

अनशनरत डा. केसीलाई एयरपोर्टबाट सिधै ट्रमा सेन्टर लगियो



फाइल तस्बिर

जनस्वास्थ्य सरोकार, काठमाडौं । अनशनरत डा. गोविन्द केसीलाई राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ । जुम्लामा अनशनरत डा. केसीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा लैजाने भनिएपनि ट्रमा सेन्टरको इर्मजेन्सीमा भर्ना गरिएको हो ।

गत भदौ २९ गतेदेखि स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै अनशन बसेका केसीको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि काठमाडौं ल्याइएको हो ।

उनलाई नेपालगञ्जबाट त्रिभुवन विमानस्थलमा आएका डा. केसीलाई प्रहरीले ट्रमा सेन्टर लगेको हो । डा. केसीले त्रिवि शिक्षण अस्पताल जाने इच्छा व्यक्त गरे पनि प्रहरीले जर्बजस्ती ट्रमा सेन्टर लगेको केसी पक्षको आरोप छ ।

 

प्रतिक्रिया दिनुहोस्