Logo
|
Friday 29th March 2024
Logo

epaper

 काठमाडौं उपत्यकामा थप ६४७ जनामा कोरोना संक्रमण, कुन जिल्लामा कति थपिए ?



जनस्वास्थ्य सरोकार, काठमाडौँ ।   काठमाडौं उपत्यकामा थप ६४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार काठमाडौंमा ५११, ललितपुरमा ७३ र भक्तपुरमा ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज  देशभर १३५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर संक्रमितको कुल संख्या ६६,६३२ पुगेको मन्त्रालयको प्रवत्ता प्रा.डा. जागेश्वर गौतमले बताउनुभयो ।

बितेको २४ घण्टामा ८२३ जना डिस्चार्ज भएका छन् भने यससँगै निको हुनेको कुल संख्या ४८ हजार ६१ पुगेको छ । आज देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १४२ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार १९३ र होम आइसोलशेन ८ हजार ९४९ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्