Logo
|
Saturday 20th April 2024
Logo

epaper

देशभर ११७२ जनामा कोरोना पुष्टि, थप ७ जनाको मृत्यु, १८९३ जना निको भए



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ६७ हजार ८०४ पुगेको छ ।

देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा ९ हजार ४४९ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । हालसम्म ९ लाख ४४ हजार ४७२ जनाको पीसीआर गरिएको छ ।

हालसम्म ४९ हजार ९५४ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएको प्रवक्ता डा. गौतमले बताउनुभयो । पछिल्लो २४ घण्टामा १,८९३ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर १७ हजार ४१४ जना सक्रिय सङ्क्रमित रहेका छन् । होम आइसोलेसनमा ९ हजार १८६ जना रहेका छन ।

हाल ७ हजार १०४ जना सङ्क्रमित क्वारेन्टिनमा रहेका छन् ।  कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा  थप ७ जनाको मृत्यु भएको  छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्