Logo
|
Friday 26th April 2024
Logo

epaper

काठमाडौँ उपत्यकामा आज ६३७ जना कोरोना संक्रमित थपिए



जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौँ उपत्यकामा आज ६३७ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका  प्रवक्ता प्रा. डा जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा ४९२, ललितपुरमा ५० र भक्तपुरमा ९५ जना संक्रमित थपिएका हुन ।

उहाँका अनुसार देशभर ४२६ महिला र ७४६ पुरुष गरि कुल ११ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ६७ हजार ८०४ पुगेको छ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्