Logo
|
Saturday 27th April 2024
Logo

epaper

बुटवलको कोरोना विशेष अस्पतालमा थप दुई संक्रमितको मृत्यु



जनस्वास्थ्य सरोकार, तिलोत्तमा । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा बिहीबार बिहान दुई संक्रमितको मृत्यु भएको छ । उनीहरू पश्चिम नवलपरासी र कपिलवस्तुका हुन् ।

स्वास्थ्यमा समस्या भएपछि भदौ २७ गते बुटवल ल्याइएका पश्चिम नवलपरासीको रामग्राम–३ का ४९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएसँगै कोरोना विशेष अस्पतालमा राखी उपचार भइरहेको थियो । असोज २ बाट भेन्टिलेटरमा राखिएका उनको बिहीबार बिहान ४ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए । अस्पतालका अनुसार ती व्यक्तिलाई कलेजोसम्बन्धी समस्या थियो ।

त्यस्तै असोज १ गते अस्पताल ल्याइएका कपिलवस्तुको बुद्धभूमि–६ का ५० वर्षीय पुरुषको बिहीबार बिहान ७ बजे मृत्यु भएको डा. थापाले जानकारी दिए । उनलाई २ गतेदेखि नै भेन्टिलेटरमा राखी उपचार गरिँदै थियो । अस्पतालका अनुसार उनी मधुमेहका बिरामी थिए । यससँगै उक्त अस्पतालमा मृत्यु हुनेको संख्या १७ पुगेको छ । अहिले अस्पतालको आईसीयूमा १४ संक्रमित उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्