Logo
|
Thursday 25th April 2024
Logo

epaper

नेपालमा कोरोना मुक्त हुनेको संख्या ५० हजार नाघ्यो, थप १४९७ जनामा संक्रमण पुष्टि, १७ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ४९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ६९ हजार ३०१ पुगेको छ ।

देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा ११ हजार ४४९ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । हालसम्म ९ लाख ५५ हजार ९०६ जनाको पीसीआर गरिएको छ ।

हालसम्म ५० हजार ४११ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएको प्रवक्ता प्रा. डा. गौतमले बताउनुभयो । पछिल्लो २४ घण्टामा ४५७ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर १८ हजार ४३७ जना सक्रिय सङ्क्रमित रहेका छन् । ति मध्ये ८,६१४ जना संस्थागत आइसोलेशनमा रहेका छन भने  ९ हजार ८२३ जना होम आइसोलेसनमा रहेका छन ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा  थप १७ जनाको मृत्यु भएको  छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्