Logo
|
Friday 19th April 2024
Logo

epaper

नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइराला कोरोना संक्रमण मुक्त



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइराला कोरोना संक्रमण मुक्त हुनुभएको छ । उहाँले आज सामाजिक सञ्जाल मार्फत आफू कोभिड–१९ संक्रमण मुक्त भएको जानकारी दिनुभएको हो । आज गरिएको पीसीआर रिपोर्ट नेगेटिभ आएको डा. कोइरालाले बताउनुभयो ।

‘मेरो स्वास्थ अवस्थाबारे नियमित चासो चिन्ता र शुभेच्छा तथा स्वास्थलाभको कामना गर्नुहुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरु, पार्टीका साथीहरू,पत्रकार मित्रहरु, तथा उपचारमा संलग्न चिकित्सक टिमलाई पुनः हृदयदेखी नै धन्यवाद व्यक्त गर्दछु ।’ उहाँले आफ्नो फेसबुक स्ट्याटसमा लेख्नुभएको छ- ‘स्वाव परिक्षणमा मेरो कोरोना रिपोर्ट नेगेटिभ देखिएको छ । चिकित्सकको सल्लाह वमोजिम अव केहि दिन होम आइसोलेशन मै रहने र त्यस पस्चात पार्टीको नियमित काममा फर्कने छु ।अझै केही दिन होम आइसोलेसनमा बस्ने र चाँडै नै पार्टीको नियमित काममा फर्कने जानकारी दिएका छन् ।’

कोभिड–१९ को सङ्क्रमण देखिएपछि केही दिन होम आइसोलेसनमा बसेका उहाँ ज्वरो र निमोनियाका कारण अस्पतालमा भर्ना हुनुभएको थियो । स्वास्थ्यमा सुधार आएपछि डा. कोइराला अस्पतालबाट डिस्चार्ज भएर होम आइसोलेसनमा बस्दै आउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्