Logo
|
Thursday 25th April 2024
Logo

epaper

फेरी लकडाउन हुने संकेत, कोरोना नियन्त्रणमा कहाँ चुक्यो सरकार ?



जनस्वास्थ्य सरोकार, काठमाडौँ । उपलब्ध स्रोत साधन परिचालन र क्षमता विस्तारमा एकपछि अर्को गरी चुकिरहेको सरकारले फेरी लकडाउन हुन सक्ने संकेत गरेको छ ।

सक्रिय संक्रमितको संख्या २५ हजार पुगे लकडाउनमा जानुको विकल्प नभएको स्वास्थ्य मन्त्रालयले बताएको छ । तर संक्रमण फैलिन नदिन समुदायमा व्यापक रुपमा गर्नुपर्ने परीक्षण र अन्य तयारीमा मन्त्रालयको ध्यानै छैन ।

चैत ११ गते लकडाउन गर्दा नेपालमा जम्मा दुइजनामा मात्र कोरोना भाइरस संक्रमण देखिएको थियो । लकडाउन साउन ६ गते सम्म कायम रह्यो । सरकारलाई पुर्वतयारी गर्न देखि नियन्त्रणका लागि ठोस कदम चाल्न पर्याप्त समय थियो ।

तर त्यसतर्फ सरकारी कदम निकै सुस्त भएकाले लकडाउन अवधीमै महामारी फैलियो । करिब १८ हजार जनामा संक्रमण देखियो । त्यसपछि केन्द्र सरकारले लकडाउन हटाएपछि जिल्ला तहमा निषेधाज्ञा लगाइयो ।

काठमाडौँ उपत्यकामै तिन साता भन्दा बढि अत्यावश्यक बाहेकका सेवा ठप्प पारिँदा पनि महामारी बस्तीबस्तीमा पुग्यो ।  संक्रमितको संख्या असोज ८ गते सम्म ६९ हजार नाघिसकेको छ । ति मध्ये साँढे अठार हजार सक्रिय संक्रमित रहेका छन् ।  हिजो ४ सय ५७ जना निको हुँदा १ हजार ४ सय ९७ जनामा संक्रमण पुष्टि भएकोमा संक्रमण देखिएको थियो ।

असोज १ गते देखि आवागमन बढेका कारण महामारी थप फैलिएकाले संक्रिय संक्रमित २५ हजार पुगेपछि स्रोत साधनले धान्न नसक्ने निस्कर्ष सहित मन्त्रालय फेरी लकडाउन गर्नुपर्ने निर्णयमा पुगेको मन्त्रालयका सहप्रवक्त डा.समीर अधिकारीले जानकारी दिनुभयो ।

‘२५ हजार सम्म सक्रिय संक्रमित हुँदाखेरि आवतजावतलाई व्यवस्थित गर्दै सेवा प्रवाह गर्न सकिन्छ’, उहाँले भन्नुभयो- ‘त्यो भन्दा बढी सक्रमित भएमा स्रोत साधनको अभाव हुनसक्छ र थप तयारी र संक्रमण दरलाई नियन्त्रण गर्नका लागि लकडाउन गर्नुभन्दा बाहेकको विकल्प हुँदैन ।’

अवश्यनै आवागमनले जोखिम बढाउँछ । तर आवागमन ठप्प पारेको भरमा महामरी रोकथाम हुँदैन भन्ने उदाहरण ४ महिना लामो लकडाउन र त्यसपछिको निषेधाज्ञाबाट देखिसकेको छ ।

रोकथामका लागि गर्नुपर्ने काम भनेको समुदायमा व्यापक परीक्षण गर्नु हो । प्रधानमन्त्रीले नै साँढे तेइस हजार नमुना परीक्षणको क्षमता रहेको बताइरहँदा दशएघार हजारबाट बढाइएको छैन ।

क्षमता अनुसार परीक्षण नगरी लकडाउनलाई नै विकल्पको रुपमा अगाडी सार्नुलाई जानकारहरुले मन्त्रालयको लापरवाही भनेका छन ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पुर्व निर्देशक डा. बाबुराम मरासिनी भन्नुहुन्छ-‘ लकडाउन गरेर र रोग नियन्त्रणको जिम्मा अन्य मन्त्रालयलाई दिएर मात्र रोग नियन्त्रण हुँदैन भन्ने कुरा स्वास्थ्य मन्त्रालयले बुझ्नुपर्छ ।’

अरु मन्त्रालयले त केवल स्वास्थ्य मन्त्रालयको काममा सहयोग मात्र गर्ने हो । रोग नियन्त्रण गर्ने जिम्मा स्वास्थ्य मन्त्रालयको भएको उहाँको भनाई छ ।

लकडाउन र निषेधाज्ञाको असर सबै क्षेत्रमा परेको छ । त्यसैले अब त्यो विकल्पमा जानुभन्दा पनि परीक्षण बढाउनुको साथै सामाजिक दुरी कायम गराउने तथा मास्क र स्यानिटाइजरलाई सुलभ बनाई त्यसको प्रयोग बढाउने तर्फ सरकारको ध्यान केन्द्रित हुनुपर्छ । गर्नुपर्ने कामलाई व्यवास्ता गरी लकडाउनलाई विकल्प ठाने महामारीले थप भयाभह रुप लिने पक्का छ ।

प्रतिक्रिया दिनुहोस्