Logo
|
Friday 27th November 2020
NEWS PAPER

थप १३१३ जनामा कोरोना पुष्टि, १४५५ जना निको भए, ६ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ३१३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ७० हजार ६१४ पुगेको छ ।

देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा १२ हजार २६२ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । हालसम्म ९ लाख ६८ हजार १६८ जनाको पीसीआर गरिएको छ ।

हालसम्म ५१ हजार ८०० जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएको प्रवक्ता प्रा. डा. गौतमले बताउनुभयो । पछिल्लो २४ घण्टामा १४५५ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर १८ हजार २८९ जना सक्रिय सङ्क्रमित रहेका छन् । ति मध्ये ८ हजार २३७ जना संस्थागत आइसोलेशनमा रहेका छन भने  ९ हजार ५२ जना होम आइसोलेसनमा रहेका छन ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा  थप ६ जनाको मृत्यु भएको  छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्