Logo
|
Thursday 28th March 2024
Logo

epaper

भारतमा कोरोना संक्रमितको संख्या ६० लाख नजिक, ९४ हजार भन्दा बढिको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा ८८ हजार ६०० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो संगै भारतमा कुल संक्रमितको संख्या ५९ लाख ९२ हजार पुगेको छ ।

भारतमा कोरोना संक्रमणबाट वितेको २४ घण्टामा एक हजार १२४ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

योसँगै कोरोनासंक्रमणबाट मृत्यु हुनेको संख्या ९४ हजार ५०३ पुगेको छ । सक्रिय संक्रमितको संख्या ९ लाख ५६ हजार ४०२ जना रहेको मन्त्रालयले जनाएको छ । हालसम्म ४९ हजार ४१ हजार ६२८ जना कोरोनामुक्त भएका छन ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार सेप्टेम्बर २६ सम्ममा देशभर ७ करोड १२ लाख ५७ हजार परीक्षण भएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्