Logo
|
Saturday 20th April 2024
Logo

epaper

नीजी अस्पताल एवं प्रयोगशालाहरुबाट कोभिड-१९ को पीसीआर परीक्षण शुल्क ३८९९ रुपियाँ निर्धारण (विज्ञप्तिसहित)



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नीजी अस्पताल एवं प्रयोगशालाहरुले कोभिड-१९ को पीसीआर परीक्षण शुल्क आफुखुशी निर्धारण गरेका छन ।

नीजी प्रयोगशाला सञ्चालकहरुको वैठकले पीसीआर शुल्क ४ हजार ४०० बाट ५ सय १ रुपियाँ घटाएर ३ हजार ८ सय ९९ रुपियाँ लिने निर्णय गरेका छन् । तर सरकारले भने पीसीआर परीक्षण शुल्क २ हजार लिने निर्णय गरेको छ ।

सुरुमा सरकारले पीसीआर परीक्षणका लागि ५ हजार ५०० शुल्क निर्धारण गरेकोमा त्यसलाई घटाएर ४ हजार ४०० मा झारेको थियो । त्यसपछि पुनः घटाएर २ हजार रुपियाँ निर्धारण गरेको थियो । तर यो शुल्कबाट कुनै हालतमा लागत धानिन नसक्ने भएकाले नीजी प्रयोगशालाहरुले ४ हजार ४ सय रुपिया नै लिँदै आएका थिए ।

आइतबार वेलुका संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नै शुल्क तय गरिएको र ३,८९९ रुपियाँ भन्दा कममा पीसीआर जाँच गर्न नसक्ने उनीहरुले बताएका छन ।

शुल्कको विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग छलफल भइरहेको स्टार अस्पतालका मेडिकल डाइरेक्टर डा. शैल रुपाखेति बताउनुभयो । उहाँले भन्नुभयो- ‘हामी प्रयोगशालाहरुले मन्त्रालयसंगको छलफलबाट ठोस निष्कर्ष नआएसम्मका लागि ३८९९ रुपियाँमा परीक्षण जारी राख्ने निर्णय गरेको जानकारी गराउन चाहान्छौँ ।’

 

प्रतिक्रिया दिनुहोस्