Logo
|
Wednesday 24th April 2024
Logo

epaper

थप १३५१ जनामा संक्रमण पुष्टि, ७४२ निको भए, ४ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३५१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफ्रिङमा जानकारी दिएको छ ।

देशभरका विभिन्न ल्यावबाट वितेको २४ घण्टामा १० हजार ८० जनाको पीसीआर जाँच गरिएको छ । आज थप ७४२ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

यो सहित देशभर कोरोनामुक्त हुनेको संख्या ५४ हजार ६४० पुगेको मन्त्रालयको प्रवक्ता प्रा. डा जागेश्वर गौतमले जानकारी दिनुभयो । नेपालमा कोरोनामुक्त हुने दर ७३.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

प्रा. डा. गौतमका अनुसार वितेको २४ घण्टामा थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४८१ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ रहेको छ । ति मध्ये ८ हजार ६९५ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने १० हजार ९२९ जना होम आइसोलेसनमा रहेका छन । हाल देशभर २२५ जना आइसियु र ३१ जना भेन्टिलेटर उपचाररत छन ।

प्रतिक्रिया दिनुहोस्