Logo
|
Friday 19th April 2024
Logo

epaper

कोरोना संक्रमणबाट विराटनगरमा थप एक जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, विराटनगर। कोरोनाभाइरस (कोभिड-१९) संक्रमणबाट विराटनगरमा थप एक जनाको मृत्यु भएको छ । विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत मोरङ जहदा गाउँपालिका–६ का ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनलाई असोज ४ गते बिहान कोभिड अस्पतालमा भर्ना गरिएको थियो । होम आइसोलेसनमा रहँदा स्वास्थ्यमा समस्या थपिँदै गएपछि थप उपचारका लागि अस्पताल ल्याइएको अस्पताल स्रोतले जानकारी दिएको छ । मृतक मधुमेह लगायतका दिर्घ रोगबाट समेत ग्रसित थिए ।

प्रतिक्रिया दिनुहोस्