Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

गण्डकी प्रदेशमा २० घण्टाको नवजात शिशु सहित थप ३३ जनामा कोरोना संक्रमण पुष्टि



जनस्वास्थ्य सरोकार, काठमाडौँ । गण्डकी प्रदेशमा २० घण्टाको नवजात शिशु सहित थप ३३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको नमुना परीक्षणमा थप ३३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार कास्कीका ४ जना , गोरखा १ जना र नवलपरासीका २८ जना रहेका छन् ।

२० घण्टाका नवजात शिशुलाई पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखराको आइसियुमा मा भर्ना गरिएको छ । अन्य सबैजना सोहि अस्पतालको फिभर क्लिनिक र कन्ट्रयाक ट्रेसिङबाट पहिचान भएक हुन् । उनीहरु सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ ।

योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ८६६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्