Logo
|
Friday 19th April 2024
Logo

epaper

देशभर १५५९ जनामा संक्रमण पुष्टि, १०५७ जना निको भए, थप ७ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफ्रिङमा जानकारी दिएको छ ।

वितेको २४ घण्टामा देशभरका विभिन्न ल्यावबाट १२ हजार २०५ जनाको पीसीआर जाँच गरिएको छ । हालसम्म १० लाख २१ हजार ५०३ जनाको पीसीआर परीक्षण भएको छ ।

आज थप १०५७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यो सहित देशभर कोरोनामुक्त हुनेको संख्या ५६ हजार ४२८ पुगेको मन्त्रालयको प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । कोरोनामुक्त हुने दर ७२.५ प्रतिशत रहेको छ ।

प्रा. डा. गौतमका अनुसार वितेको २४ घण्टामा थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४९८ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या २० हजार ८९१ रहेको छ । ति मध्ये १० हजार ८७ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने १० हजार ८०४ जना होम आइसोलेसनमा रहेका छन । हाल देशभर २०१ जना आइसियुमा र ३० जना भेन्टिलेटर उपचाररत छन ।

 

 

प्रतिक्रिया दिनुहोस्