Logo
|
Friday 26th April 2024
Logo

epaper

उपत्यकामा आज एकै दिन ९०२ जना कोरोना संक्रमित थपिए



जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौं उपत्यकामा आज एकै दिन ९०२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालय प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका ६९७ जना, ललितपुरका ११२ जना र भक्तपुरका ९३ जनमा संक्रमण पुष्टि भएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५५९ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफ्रिङमा जानकारी दिएको छ ।

आज थप १०५७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यो सहित देशभर कोरोनामुक्त हुनेको संख्या ५६ हजार ४२८ पुगेको मन्त्रालयको प्रवक्ता प्रा. डा. गौतमले जानकारी दिनुभयो ।

वितेको २४ घण्टामा थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४९८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्