Logo
|
Friday 19th April 2024
Logo

epaper

कोरोना संक्रमणबाट बुटवल र धरानमा थप दुइ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोनाभाइरस (कोभिड-१९) संक्रमणबाट बुटवल र धरानमा थप एक/एक जनाको मृत्यु भएको छ ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इटहरी ६ का ५६ वर्षिय पुरुषको मृत्यु उपचारको क्रममा राती ९ः४५ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृतकमा अन्य दीर्घ रोग देखिएको थिएन तर ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भने देखिएको थियो ।

त्यस्तै बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पताललमा उपचाररत बुटवल उपमहानगरपालिका ८ का ८० वर्षिय बृद्धको मृत्यु भएको छ । असोज १२ गते संक्रमण देखिएपछि होम आइसोलेसनमा बसिरहेका बृद्धलाई एक्कासी श्वासप्रश्वासमा समस्या आएपछि असोज १४ गते विहान अस्पताल भर्ना गरिएको थियो ।

उनको उपचारको क्रममा गएराती ११ः३० बजे मृत्यु भएको अस्पतालको सुचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्