Logo
|
Friday 26th April 2024
Logo

epaper

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत २७ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द



जनस्वास्थ्य सरोकार, काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कार्यरत २७ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार अस्पतालका ५२ जना स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गर्दा २७ जनामा संक्रमण देखिएको अस्पतालका निमित्त निर्देशक डा. अनुप मंगल समाल जानकारी दिनुभयो ।

यस्तै बुधबार नै गरिएको परीक्षणमा भर्ना भएका पाँच जना बिरामीमा पनि कोराना संक्रमण देखिएको अस्पतालले जनाएको छ ।

ठूलो संख्यामा एकैपटक स्वास्थ्यकर्मी र बिरामी संक्रमित भएपछि प्रतिष्ठानले अस्पतालको आकस्मिक बाहेकका सम्पूर्ण सेवा अनिश्चित कालका लागि बन्द गर्ने निर्णय गरेको छ ।

अस्पतालका निमित्त निर्देशक डा. समालको भनाइ अनुसार सर्जरी, अर्थो र एनेस्थेसिया विभागमा कार्यरत डाक्टर, नर्स र प्यारामेडिक्सहरुलाई संक्रमण देखिएको छ । अबको पाँच दिन पछि अस्पतालका बाँकी स्टाफ र बिरामीहरुको पनि पीसीआर जाँच गरिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्