Logo
|
Thursday 28th March 2024
Logo

epaper

देशभर १९११ जनामा संक्रमण पुष्टि, ९६१ जना निको भए, थप ११ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९११ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ७९ हजार ७२८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफ्रिङमा जानकारी दिएको छ ।

वितेको २४ घण्टामा देशभरका विभिन्न ल्यावबाट १२ हजार ४४४ जनाको पीसीआर जाँच गरिएको छ । हालसम्म १० लाख ३३ हजार ९४७ जनाको पीसीआर परीक्षण भएको छ ।

आज थप ९६१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यो सहित देशभर कोरोनामुक्त हुनेको संख्या ५९ हजार ३८९ पुगेको मन्त्रालयको प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । कोरोनामुक्त हुने दर ७१.९ प्रतिशत रहेको छ ।

प्रा. डा. गौतमका अनुसार वितेको २४ घण्टामा थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५०९ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ८३० रहेको छ । ति मध्ये १० हजार ७६१ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने ११ हजार ६९ जना होम आइसोलेसनमा रहेका छन । हाल देशभर २२० जना आइसियुमा र २५ जना भेन्टिलेटर उपचाररत छन ।

प्रतिक्रिया दिनुहोस्