Logo
|
Friday 26th April 2024
Logo

epaper

काठमाडौँ उपत्यकामा आज एकैदिन ९४३ जना कोरोना संक्रमित थपिए



PHOTO/SANJOG MANANDHAR

जनस्वास्थ्य सरोकार काठमाडौँ । काठमाडौँ उपत्यकामा आज एकैदिन ९४३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ८१७ जना, भत्तपुरमा ५८ जना र ललितपुरमा ६८ जना थपिएका हुन ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९११ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ७९ हजार ७२८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

वितेको २४ घण्टामा थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५०९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्