Logo
|
Wednesday 24th April 2024
Logo

epaper

कोरोना संक्रमणबाट नेपालमा पहिलोपटक चिकित्सकको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पहिलोपटक कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट एकजना डाक्टरको मृत्यु भएको छ ।

कर्णाली प्रदेशिक अस्पतालका अर्थोपेडिक सर्जन डा. हरि सापकोटाको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको कर्णाली प्रादेशिक अस्पतालका निर्देशक डा. रविन खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार डा. सापकोटालाई थप उपचारको लागि आज काठमाडौं ल्याउने तयारी भएपनि उहाँको अस्पतालमै ज्यान गएको हो।

५८ वर्षीय डा. सापकोटा ११औं तहका सरकारी डाक्टर हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्