Logo
|
Friday 29th March 2024
Logo

epaper

२७ स्वास्थ्यकर्मी सहित ४६ जनामा कोरोना पुष्टि भएपछि जुम्ला सदरमुकाम सिल



जनस्वास्थ्य सरोकार, जुम्ला । जुम्लामा एकैपटक २७ स्वास्थ्यकर्मीसहित ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि सदरमुकाम खलङ्गास्थित चन्दननाथ नगरपालिका क्षेत्र सिल गरिएको छ ।

चन्दनाथ नगपालिका अर्थात् सदरमुकाम खलङ्गाको पूर्वमा दानसाँघु, दक्षिणमा तिला नदी, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र पश्चिममा गमगाड क्षेत्रभित्र सिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार बिहीबार ३ बजेदेखि लागू हुने गरी १८ असोजसम्म सदरमुकाम खलङ्गा अर्थात् नगरपालिका क्षेत्र सिल गरिएको छ ।

आफ्ना २७ जना स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आकस्मिक बाहेकका सबै सेवाहरु अनिश्चितकालका लागि बन्द गरिएको अस्पताल निर्देशक डा।अनुपमङ्गल समालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्