Logo
|
Saturday 20th April 2024
Logo

epaper

अमेरिकी राष्ट्रपति ट्रम्प दम्पतीलाई कोरोना संक्रमण पुष्टि



जनस्वास्थ्य सरोकार, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उनकी श्रीमतीलाई कोरोनाभाइरस (कोभिड-१९)  सङ्क्रमण पुष्टि भएको छ । राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै आफू र श्रीमतीलाई  सङ्क्रमण पुष्टि भएको बताएका छन्।

यस अघि राष्ट्रपति ट्रम्प एकजना निकट सहयोगीमा कोरोनाभाइरस सङ्क्रमण देखिएपछि क्वारन्टीनमा बसेक थिए । उनकी ३१ वर्षीया सल्लाहकार होप हिक्समा सङ्क्रमण देखिएपछि राष्ट्रपति र मेलानिया ट्रम्पले आफ्नो परीक्षणको नतिजा पर्खिरहेको बताएका थिए।

साताको सुरुमा ओहायोमा भएको टेलिभिजन बहसमा ट्रम्प सहभागी हुन जाँदा हिक्स एयर फोर्स वानमा उनीसँगै थिइन्। एजेन्सी

प्रतिक्रिया दिनुहोस्