Logo
|
Thursday 25th April 2024
Logo

epaper

नेपालमा हालसम्मकै उच्च २७२२ जनामा संक्रमण पुष्टि, ३३०७ जना निको भए, थप ११ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७२२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ हजार ४५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफ्रिङमा जानकारी दिएको छ ।

वितेको २४ घण्टामा देशभरका विभिन्न ल्यावबाट १४ हजार ७३९ जनाको पीसीआर जाँच गरिएको छ । हालसम्म १० लाख ४८ हजार ६८६ जनाको पीसीआर परीक्षण भएको छ । आज थप ३३०७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

यो सहित देशभर कोरोनामुक्त हुनेको संख्या ६० हजार ६९६ पुगेको मन्त्रालयको प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । कोरोनामुक्त हुने दर ७३.६ प्रतिशत रहेको छ ।

प्रा. डा. गौतमका अनुसार वितेको २४ घण्टामा थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५२० पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या २१ हजार २३४ रहेको छ । ति मध्ये ९ हजार ४७४ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने ११ हजार ७६० जना होम आइसोलेसनमा रहेका छन । हाल देशभर २१० जना आइसियुमा र २९ जना भेन्टिलेटर उपचाररत छन ।

प्रतिक्रिया दिनुहोस्