Logo
|
Friday 5th March 2021
E-paper Magazine

काठमाडौँ उपत्यकामा आज एकैदिन १६३८ जना कोरोना संक्रमित थपिए



जनस्वास्थ्य सरोकार काठमाडौँ । काठमाडौँ उपत्यकामा आज एकैदिन १६३८ जना कोरोना संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा १२८० जना, भक्तपुरमा १९६ जना र ललितपुरमा १६२ जना थपिएका हुन ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ ।

प्रा. डा. गौतमका अनुसार वितेको २४ घण्टामा थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५२० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्