Logo
|
Thursday 18th April 2024
Logo

epaper

सांसद एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापालाई कोरोना संक्रमण, स्वास्थ्य अवस्था सामान्य



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाली कांग्रेसका नेता, सांसद एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

सांसद थापाले ट्वीट गर्दै आफूलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिनुभयो । गत विहीबार सानेपास्थित पार्टी कार्यालयमा नमूना लिई पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । उहाँले  स्वास्थ्य अवस्था सामान्य रहेको र घरमै आइसोलेसनमा रहेको समेत जानकारी गराउनुभएको छ ।

सांसद थापाले ट्वीटरमा लेख्नुभएको छ-‘असोज १५ गते पार्टी कार्यालयमा भएको पीसीआर परीक्षणमा मलाई कोभिड संक्रमण देखिएको जानकारी पाएँ । मेरो स्वास्थ्य अवस्था सामान्य छ।अहिले म घरमै आइसोलेसनमा छु।यस बिचमा मेरो सम्पर्कमा रहनुभएका सबैले सजगता अपनाउनुहुन र कुनै समस्या आएमा स्वास्थ्यकर्मीसंग परामर्श गर्नुहुन अनुरोध गर्दछु।’

प्रतिक्रिया दिनुहोस्