Logo
|
Friday 19th April 2024
Logo

epaper

जुम्ल्याह बच्चा जन्माएकी कोरोना संक्रमित महिलाको मृत्यु



जनस्वास्थ्य सरोकार, बाँके । जुम्ल्याह बच्चा जन्माएकी कञ्चनपुरको महेन्द्रनगर–१ निवासी २९ वर्षीया कोरोना संक्रमित महिलाको आज बिहान मृत्यु भएको छ । कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा बिहान साढे ४ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनले कैलालीको धनगढीस्थित सेती अस्पतालमा एक छोरा र एक छोरीलाई जन्म दिएकी थिइन् ।

गर्भवती भएदेखि नै रक्तश्राव हुँदै आएको र सुत्केरी भएपछि पनि उच्च रक्तश्राव भएको थियो । त्यसपछि उनको पाठेघरको अपरेसनकासाथै ८ पोका होल रगत र ४ पोका प्लेटलेट रगत दिइएको थियो ।

साथै कोरोना संक्रमणको आशंकामा ती महिलाको स्वाब परीक्षण गर्दा असोज १४ गते रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना संक्रमणपुष्टि भएपछि उनलाई कोहलपुरस्थित नेपालगञ्ज शिक्षण अस्पतालमा उपचारका लागि रिफर गरिएको थियो

असोज १५ गते अपराह्न ४ बजे कोहलपुरमा भर्ना हुँदा उनी बेहोस अवस्थामा रहेको र रोगको प्रकृतिअनुसारका सबै उपचार गर्दागर्दै आज बिहान मृत्यु भएको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्