Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

देशभर २२५३ जनामा संक्रमण पुष्टि, १३२९ जना निको भए, थप ७ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २५३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफ्रिङमा जानकारी दिएको छ ।

वितेको २४ घण्टामा देशभरका विभिन्न ल्यावबाट १२ हजार ७८४ जनाको पीसीआर जाँच गरिएको छ । हालसम्म १० लाख ७४ हजार ७४८ जनाको पीसीआर परीक्षण भएको छ । आज थप १३२९ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

यो सहित देशभर कोरोनामुक्त हुनेको संख्या ६४ हजार ६९ पुगेको मन्त्रालयको प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । कोरोनामुक्त हुने दर ७३.७ प्रतिशत रहेको छ ।

प्रा. डा. गौतमका अनुसार वितेको २४ घण्टामा थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५३५ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या २२ हजार २१९ रहेको छ । ति मध्ये १० हजार २२६ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने ११ हजार ८९३ जना होम आइसोलेसनमा रहेका छन । हाल देशभर ४ हजार २०३ जना क्वारेन्टीनमा रहेका छन । त्यस्तै २२६ जना आइसियूमा र ३५ जना भेन्टिलेटर उपचाररत छन ।

प्रतिक्रिया दिनुहोस्