Logo
|
Friday 25th June 2021
E-paper Magazine

काठमाडौँ उपत्यकामा थपिए १५९९ जना नयाँ कोरोना संक्रमित



 

जनस्वास्थ्य सरोकार काठमाडौँ । काठमाडौँ उपत्यकामा आज एकैदिन १५९९ जना कोरोना संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा १३७३ जना, भक्तपुरमा ३९ जना र ललितपुरमा १८७ जना थपिएका हुन ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ ।

प्रा. डा. गौतमका अनुसार वितेको २४ घण्टामा थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५३५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्