Logo
|
Friday 26th April 2024
Logo

epaper

गण्डकी प्रदेशमा थप २७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४ हजार २०२ पुग्यो



जनस्वास्थ्य सरोकार, काठमाडौँ । गण्डकी प्रदेशमा थप २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गरिएको नमुना परीक्षणमा थप २७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा विनोद विन्दु शर्माका अनुसार २ जिल्ला कास्कीका २६ र नवलपरासीका १ जना छन् ।

कास्की जिल्ला पोखरा महानगरपालिका(१४ का ५१ बर्षीय पुरुष फेवासिटी अस्पतालमा उपचाररत छन् । पोखरा महानगरपालिका(१४ का २२ बर्षीय पुरुष दुबईबाट र वार्ड नं १३ का ३६ बर्षीय महिला, वार्ड नं १९ का ५५ बर्षीय पुरुष , वार्ड नं १० का ६४ बर्षीय पुरुष भारतबाट आएका हुन् । पोखरा महानगरपालिका(१२ का ३६ बर्षीय पुरुष पशुपन्छी तथा मत्स्य बिकाश निर्देशानलय पोखरामा कार्यरत चिकित्सक हुन् ।

योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार २०२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्