Logo
|
Saturday 20th April 2024
Logo

epaper

नेपालमा पछिल्लो २४ घण्टामा २४४० जनामा संक्रमण पुष्टि, ११३३ जना निको भए, थप १९ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४४० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफ्रिङमा जानकारी दिएको छ ।

वितेको २४ घण्टामा देशभरका विभिन्न ल्यावबाट १३ हजार ७८१ जनाको पीसीआर जाँच गरिएको छ । हालसम्म १० लाख ८८ हजार २२९ जनाको पीसीआर परीक्षण भएको छ । आज थप ११३३ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

यो सहित देशभर कोरोनामुक्त हुनेको संख्या ६५ हजार २०२ पुगेको मन्त्रालयको प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । कोरोनामुक्त हुने दर ७३ प्रतिशत रहेको छ ।

प्रा. डा. गौतमका अनुसार वितेको २४ घण्टामा थप १९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५५४ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या २३ हजार ५०७ रहेको छ । ति मध्ये ११ हजार १९१ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने ११ हजार ३१६ जना होम आइसोलेसनमा रहेका छन । हाल देशभर ४ हजार ३३ जना क्वारेन्टीनमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्