Logo
|
Saturday 20th April 2024
Logo

epaper

काठमाडौँ उपत्यकामा थप १५३१ जनामा संक्रमण पुष्टि



जनस्वास्थ्य सरोकार काठमाडौँ । काठमाडौँ उपत्यकामा आज एकैदिन १५३१ जना कोरोना संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ११७८ जना, भक्तपुरमा १०३ जना र ललितपुरमा २५० जना थपिएका हुन ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २६३ पुगेको छ ।

प्रा. डा. गौतमका अनुसार वितेको २४ घण्टामा थप १९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५५४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्