Logo
|
Friday 19th April 2024
Logo

epaper

थप १५५१ जनामा संक्रमण पुष्टि, २३४० जना निको भए, संक्रमितको संख्या ९० हजार नाघ्यो



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५५१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार ८१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफ्रिङमा जानकारी दिएको छ ।

वितेको २४ घण्टामा देशभरका विभिन्न ल्यावबाट ११ हजार ४७ जनाको पीसीआर जाँच गरिएको छ । हालसम्म १० लाख ९९ हजार २७६ जनाको पीसीआर परीक्षण भएको छ । आज थप २३४० जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

यो सहित देशभर कोरोनामुक्त हुनेको संख्या ६७ हजार ५४२ पुगेको मन्त्रालयको प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । कोरोनामुक्त हुने दर ७४.३ प्रतिशत रहेको छ ।

प्रा. डा. गौतमका अनुसार वितेको २४ घण्टामा थप ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५६३ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ७०९ रहेको छ । ति मध्ये ९ हजार ११८ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने १३ हजार ५९१ जना होम आइसोलेसनमा रहेका छन । हाल देशभर ४ हजार २२१ जना क्वारेन्टीनमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्