Logo
|
Tuesday 16th April 2024
Logo

epaper

काठमाडौँ उपत्यकामा थप १०१७ जना कोरोना संक्रमित थपिए



जनस्वास्थ्य सरोकार काठमाडौँ । काठमाडौँ उपत्यकामा आज एकैदिन १०१७ जना कोरोना संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ७८३ जना, भक्तपुरमा ११६ जना र ललितपुरमा ११८ जना थपिएका हुन ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ ।

प्रा. डा. गौतमका अनुसार वितेको २४ घण्टामा थप ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५६३ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्