Logo
|
Thursday 28th March 2024
Logo

epaper

नेपालमा एकैदिन ३४३९ जनामा संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो, थप १५ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा हालसम्मकै उच्च ३ हजार ४३९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ९४ हजार २५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफ्रिङमा जानकारी दिएको छ ।

वितेको २४ घण्टामा देशभरका विभिन्न ल्यावबाट १४ हजार २०९ जनाको पीसीआर जाँच गरिएको छ । हालसम्म ११ लाख १३ हजार ४८५ जनाको पीसीआर परीक्षण भएको छ । आज थप ११२६ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

यो सहित देशभर कोरोनामुक्त हुनेको संख्या ६८ हजार ६६८ पुगेको मन्त्रालयको प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । कोरोनामुक्त हुने दर ७२.९ प्रतिशत रहेको छ ।

प्रा. डा. गौतमका अनुसार वितेको २४ घण्टामा थप १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५७८ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ७ रहेको छ । ति मध्ये १० हजार ५९६ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने १४ हजार ४११ जना होम आइसोलेसनमा रहेका छन । हाल देशभर ४ हजार १६४ जना क्वारेन्टीनमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्