Logo
|
Friday 29th March 2024
Logo

epaper

काठमाडौँ उपत्यकामा थप १६८४ जनामा कोरोना संक्रमण पुष्टि



जनस्वास्थ्य सरोकार काठमाडौँ । काठमाडौँ उपत्यकामा वितेको २४ घण्टामा थप १६८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा १२९६ जना, भक्तपुरमा ९५ जना र ललितपुरमा २९३ जना थपिएका हुन ।

नेपालमा हालसम्मकै उच्च ३ हजार ४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ ।

प्रा. डा. गौतमका अनुसार वितेको २४ घण्टामा थप १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५७८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्