Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

भरतपुर अस्पतालमा प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको सफल उपचार



जनस्वास्थ्य सरोकार, काठमाडौँ । चितवनस्थित भरतपुर अस्पतालले प्लाज्मा थेरापी विधिबाट कोभिड १९ संक्रमित बिरामीको सफल उपचार गरेको छ ।

भरतपुर महानगरपालिका १२ का ५१ वर्षिय पुरुषको प्लाज्मा थेरापी बिधिबाट सफल उपचार गरिएको अस्पतालका प्लाज्मा थेरापी कोअर्डिनेटर फिजिसियन डा. कल्यााण सापकोटाले जानकारी दिनुभयो ।

गत भदौँ ३० गते कोरोना पोजेटिभ भई अस्पताल भर्ना भएका उनमा ज्वरो, खोकी र स्वासप्रश्वासमा समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

उनलाई यहि असोज ७ गते देखि प्लाज्मा थेरापी बिधिबाट उपचार सुरु गरिएको डा. सापकोटाले बताउनुभयो ।  उहाँका अनुसार संक्रमित पुरुषलाई १५ दिन आइसियु र ४ दिन वार्डमा उपचार गरिएको थियो । उनी अहिले संक्रमण मुक्त भई घर फर्किएका छन ।

प्लाज्मा थेरापी बिधिबाट कोरोना संक्रमित बिरामीको ज्यान जोगाउन सफल भएपछि अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र अस्पताल विकास समितीका पदाधिकारीमा थप उत्साह र हौसाला थपिएको छ ।

प्रतिक्रिया दिनुहोस्