Logo
|
Saturday 20th April 2024
Logo

epaper

अमेरिकामा कोरोना सङ्क्रमितको संख्या ७५ लाख नाघ्यो, दुई लाख १५ हजार भन्दा बढिको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको संख्या ७५ लाख नाघेको छ । कोरोना सङक्रमणबाट अमेरिकामा मृत्यु हुने व्यक्तिको संख्या दुई लाख १५ हजार नाघेको जोन्स हप्किन्स विश्वविद्यालय बुधबार जानकारी दिएको छ ।

केही दिनअघिबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प दुवैलाई कोरोना भाइरस सङ्क्रमण भएको छ ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या बुधबारसम्म १० लाख ५५ हजार ९९८ जना पुगेको छ । यस भाइरसबाट सङक्रमित हुनेको संख्या विश्वभर तीन करोड ६१ लाख पुगेको छ ।

कूल सङ्क्रमितमध्ये दुई करोड ७१ लाख ९४ हजार भन्दा बढी हजार निको छन् भने करिब ७८ लाख ७४ हजार मानिस सक्रिय सङ्क्रमित छन् । विश्वभर अझै पनि ६७ हजार भन्दा बढी मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्