Logo
|
Saturday 20th April 2024
Logo

epaper

कोरोना संक्रमित ८० वर्षिय बृद्धको उपचारका क्रममा मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित बृद्धको मृत्यु भएको छ । बुटवल उपहानगरपालिका वार्ड नम्बर ६ का ८० बर्षीय बृद्धको आज दिउँसो १ बजेर २५ मिनेट जादाँ मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार बुधबार कोरोना बिशेष अस्पतालमा भर्ना भएका उनी दम, ज्वरो, मधुमेह, प्रेसर र स्वासप्रश्वास सम्बन्धी रोगबाट पिडित रहेका थिए । सोही दिन पीसीआर जाँच गर्दा कोरोना पोजेटिभ आएको थियो ।

प्रतिक्रिया दिनुहोस्