Logo
|
Thursday 25th April 2024
Logo

epaper

नेपालमा एकैदिन ४३६४ जनामा कोरोना संक्रमण , थप १२ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३६४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफ्रिङमा जानकारी दिएको छ ।

वितेको २४ घण्टामा देशभरका विभिन्न ल्यावबाट १८ हजार ४७३ जनाको पीसीआर जाँच गरिएको छ । हालसम्म १० लाख ३१ हजार २५८ जनाको पीसीआर परीक्षण भएको छ । आज थप २६७५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

यो सहित देशभर कोरोनामुक्त हुनेको संख्या ७१ हजार ३४३ पुगेको मन्त्रालयको प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । कोरोनामुक्त हुने दर ७२.३ प्रतिशत रहेको छ ।

प्रा. डा. गौतमका अनुसार वितेको २४ घण्टामा थप १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५९० पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ६८४ रहेको छ । ति मध्ये ११ हजार ७१७ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने १४ हजार ९६७ जना होम आइसोलेसनमा रहेका छन । हाल देशभर ४ हजार ४६० जना क्वारेन्टीनमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्