Logo
|
Friday 19th April 2024
Logo

epaper

काठमाडौँ उपत्यकामा हालसम्मकै उच्च २५४० जना कोरोना संक्रमित थपिए



जनस्वास्थ्य सरोकार काठमाडौँ । काठमाडौँ उपत्यकामा हालसम्मकै उच्च २ हजार ५४० जना कोरोना संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा २०८५ जना, भक्तपुरमा १३५ जना र ललितपुरमा ३२० जना थपिएका हुन ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफ्रिङमा जानकारी दिएको छ ।

प्रा। डा। गौतमका अनुसार वितेको २४ घण्टामा थप १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५९० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्