Logo
|
Friday 29th March 2024
Logo

epaper

प्रधानमन्त्री सचिवालयका तीन सदस्य कोरोना संक्रमण मुक्त



जनस्वास्थ्य सरोकार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका तीन सदस्य एकैपटक कोरोना संक्रमण मुक्त हुनुभएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराइ तथा प्रेस सल्लाहकार थापाको सम्पर्कमा रहनु भएका परिवारका सदस्यहरु समेतको विहीबार गरिएको स्वाब परीक्षणमा सबैको नेगेटिभ आएको थियो ।

‘मेरो पिसिआर रिपोर्ट नेगेटिभ आयो, सहयोग, ऐक्यवद्धता र शुभेच्छाको लागि सबैमा हार्दिक आभार!’सल्लाहकार रिमालले सामाजिक सञ्जालमा लेख्नुभएको छ- ‘सतर्क रहँदा रहँदै पनि कसरी संक्रमित भएँ? केबल अन्दाजै मात्र छ’ उहाँले भन्नुभएको छ । लक्षण बिनाको संक्रमित हुँदा पहिलो दिन आफूलाई अलि चिन्ता लागेको उहाँले बताउनुभएको छ ।

संक्रमित अवधिभर आफूले किर्तिपुर आयुर्वेदिक अस्पतालका डा. रामआधार यादवले सुझाउनुभएको आयुर्वेदिक औषधि प्रयोग गरेको उहाँले सामाजिक सञ्जालमा चर्चा गर्नुभएको छ । सल्लाहकार रिमाल अगाडि लेख्नुहुन्छ-‘जनस्वास्थ्य विज्ञ डा। रबीन्द्र पाण्डेले दिनुभएको सुझावलाई अपनाएँ । बेसार, कागती, गुर्जो, अदुवासहितको पानी प्रसस्त पिएँ ।’

प्रतिक्रिया दिनुहोस्