Logo
|
Friday 26th April 2024
Logo

epaper

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो, थप २,०५९ जनामा संक्रमण पुष्टि



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफ्रिङमा जानकारी दिएको छ ।

वितेको २४ घण्टामा देशभरका विभिन्न ल्यावबाट १३ हजार २७९ जनाको पीसीआर जाँच गरिएको छ । हालसम्म ११ लाख ४५ हजार २३१ जनाको पीसीआर परीक्षण भएको छ । आज थप १६८० जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

यो सहित देशभर कोरोनामुक्त हुनेको संख्या ७३ हजार २३ पुगेको मन्त्रालयको प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । नेपालमा कोरोनामुक्त हुने दर ७२.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

प्रा. डा. गौतमका अनुसार वितेको २४ घण्टामा थप १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६०० पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ५३ रहेको छ । ति मध्ये ११ हजार १७६ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने १५ हजार ८७७ जना होम आइसोलेसनमा रहेका छन । हाल देशभर ४ हजार ७०३ जना क्वारेन्टीनमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्