Logo
|
Saturday 20th April 2024
Logo

epaper

काठमाडौँ उपत्यकामा थप १ हजार ४०९ जनामा कोरोना संक्रमण पुष्टि



जनस्वास्थ्य सरोकार काठमाडौँ । काठमाडौँ उपत्यकामा थप १ हजार ४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा १११६ जना, भक्तपुरमा १३० जना र ललितपुरमा १६३ जना थपिएका हुन ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५९ जनामा कोरोना भाइरस  संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६७६ पुगेको  छ ।

देशभर कोरोनामुक्त हुनेको संख्या ७३ हजार २३ पुगेको मन्त्रालयको प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

प्रा. डा. गौतमका अनुसार वितेको २४ घण्टामा थप १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६०० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्