Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

पर्यटनमन्त्री भट्टराईलाई कोरोना सङ्क्रमण



जनस्वास्थ्य सरोकार, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्री भट्टराईले शनिबार आफ्नो फेसबुकमार्फत आफूलाई कोरोना भाइरस संक्रमण भएको जानकारी दिनुभएको हो ।

मन्त्री भट्टराईले गत सोमबार गरेको कोरोना परीक्षणको रिपोर्ट नेगेटीभ आएको थियो । तर शुक्रबार बेलुका निवासमा फर्केपछि हल्का ज्वरो आएपछि शनिबार पुन: कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटीभ आएको जानकारी दिनुभयो ।

मन्त्री भट्टराईलाई हल्का ज्वरोबाहेक अरु कुनै समस्या देखिएको छैन । हाल उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ । केही दिनयता आफूसँग सम्पर्कमा रहेका व्यक्तिलाई कुनै स्वास्थ्य समस्या देखिए कोरोना परीक्षण गर्न आग्रह समेत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्